सुपुर्दगी विधेयक खारेजीपछि थप हिंसात्मक बन्दै हङकङको आन्दोलन

सुपुर्दगी विधेयक खारेजीपछि थप हिंसात्मक बन्दै हङकङको आन्दोलन

मगेन्द्र राई
भदौ २३, २०७६ सोमबार ११:२,

हङकङमा सुपुर्दगी विधेयकको खारेजीपछि पनि जारी आन्दोलन थप उग्र र हिंसात्मक बन्दै गइरहेको छ।

आन्दोलन १४ औँ हप्तामा प्रवेश गर्दा अन्दोलनकारीहरुले व्यापक तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिको क्षति पुर्याएका छन् भने प्रहरीले जवाफमा व्यापक अश्रुग्यास, रबर बुलेट प्रहार गर्नुका साथै धरपकड समेत गरेको छ।

गत हप्ता सरकार प्रमुख क्यारी लामले विधेयक खारेजीको घोषणा गरे पनि आन्दोलन मथ्थर हुनुको सट्टा झन् चर्किएर गएको छ।

आन्दोलनकारीहरुले आइतबार गार्डेन रोड, सेन्ट्रल अवस्थित अमेरिकी महावाणिज्य दूतावास अगाडि अमेरिकी झण्डा बोकेर प्रदर्शन गरे। उनीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हङकङको मानव अधिकार र प्रजातान्त्रिक आन्दोलनलाई साथ दिन अपिल समेत गरेका थिए।

त्यसपछि चार्टर गार्डेन झरेका आन्दोलनकारीहरुले सहरका वित्तीय जिल्लाको मुटु मानिने सेन्ट्रलको रेलवे स्टेसनमा ब्यापक तोडफोड र आगनजी गरेका थिए।

आन्दोलनका क्रममा भएको झडपमा १७ जना घाइते बनेको र उनीहरुले विभिन्न अस्पतालमा उपचार गराइरहेको अस्पताल स्रोतले जनाएको छ। घाइते १७ मध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आन्दोलनकारीहरुले वान चाई, मोङ कोक र प्रिन्स एडवार्ड स्टेस्नहरुमा समेत क्षति पुर्याएको थिए। जसको कारण रेल सेवा नै केही समयका लागि बन्द गर्नु परेको थियो। सोमबार (आज) बिहानसम्म रेल सेवा सामान्य रुपमा सञ्चालनमा आएको छ। सोमबार बिहान प्रमुख कार्यकारी क्यारी लामका साथमा यातायात तथा आवास सचिव फ्रान्क चान, रेल सेवाका उच्च पदस्थ अधिकारीहरु अध्यक्ष रेक्स औयेउङ पाक कुएन, सीईओ ज्याकोब काम चाक पुई, सञ्चालन निर्देशक अडी लाउ तीन शिङसहित घटनास्थलको क्षति निरीक्षण गर्न पुगेका थिए।

सचिव चानले भने, ‘हामी यहाँका सुविधाहरूको निरीक्षण गर्न र रेलका कर्मचारीहरुको मनोबल उच्च बनाउन आएका हौँ, जसले तोडफोड र क्षतबिक्षत भएका सुविधा र सेवाहरू पुनःस्थापनाका लागि अहोरात्र खटेर काम गरे। सरकारी टोलीलाई निरीक्षणमा आएको देखेपछि बाटामा हिँड्ने केहीले अश्लील भद्दा शब्दमा ‘पाँच मागहरुमा, एक पनि कम हुनु हुन्न, पाँचमा पाच नै हुनुपर्छ’ भन्दै चिच्याएका थिए।

रेलवे सेवालाई प्रदर्शनकारीले निशाना बनाउन थालेपछि पहिलोपटक सार्वजनिक रुपमा देखापरेका अध्यक्ष रेक्सले दैनिक ५४ लाख यात्रीको सेवामा समर्पित रेल सेवाप्रति सम्मान गर्न आन्दोलनकारीहरुलाई अपिल गर्दै भने, ‘रेल सेवा हङकङको गर्व हो, राष्ट्रिय सम्पदा हो।’

प्रदर्शनकारीहरूको प्रमुख ५ मागहरु मध्ये एक मात्र पूरा भएको र बाँकी ४ माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने आन्दोलनकारीहरुले बताएका छन्।

आन्दोलनको क्रममा अहिलेसम्म झन्डै १२ सय आन्दोलनकारीहरु गिरफ्तार भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .