हङकङ आन्दोलन १६औं हप्तामा प्रवेश, शनिबार पेट्रोल बम र अश्रु ग्याँस प्रहार

हङकङ आन्दोलन १६औं हप्तामा प्रवेश, शनिबार पेट्रोल बम र अश्रु ग्याँस प्रहार

नेपालखबर
असोज ४, २०७६ शनिबार १०:२३,

शनिबार पनि हङकङमा सरकार विरोधी प्रदर्शन भएको छ। उक्त प्रदर्शनमा प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्।

प्रहरीले भने भीडलाई नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गरेको एससीएमपीले उल्लेख गरेको छ।

शनिबार दर्जनौं प्रदर्शनकारीले हङकङका सडकमा आगो बालेर सरकारको विरोध गरेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीले प्रहरीमाथि लठ्ठी प्रहार गरेका थिए।

सरकारले सुपुर्दगी विधेयकलाई पारित गर्ने प्रयास गरेपछि हङकङबासीले लामो समयदेखि प्रदर्शन गरिरहेका छन्।

आन्दोलन हिंस्रक बन्दै गएपछि केही समय अगाडिमात्र हङकङकी कार्यकारी प्रमुख क्यारी लामले विधेयक फिर्ता लिएकी थिइन्।

यद्यपी आन्दोलनकारीको माग क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने भएपछि प्रदर्शन रोकिन सकेको छैन।

लामाले सर्वसाधारणको विचार सुन्ने, नागरिकसँग छलफल गर्ने कार्यक्रम गर्ने भने पनि मानिसहरुले त्यो विषय मानिरहेका छैनन्।

 

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

nepalkhabarhk@gmail.com
advertising@nepalkhabar.com

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .