पेरिस ओलम्पिकको पौडी प्रतियोगितामार्फत चीनलाई पहिलो स्वर्ण पदक दिलाउने जुम्ल्याहा दिदीबहिनी वाङ लुयी र वाङ छिनयीले हङकङको विश्वविद्यालयबाट पीएचडी अध्ययन गर्ने भएका छन्।
हङकङको एजुकेसन युनिभर्सिटीले उनीहरूलाई पीएचडीका लागि छात्रवृत्ति प्रदान गरेको हो।
जुम्ल्याहा यो जोडीले भर्ना प्रक्रिया पूरा गरिसकेको विश्वविद्यालयले आइतबार जानकारी गराएको छ।
‘दिदीबहिनीले खेल पेसालाई संयोजन गर्दै आफ्नो पीएचडी अध्ययनका क्रममा थप गहन सैद्धान्तिक अन्वेषण र अनुसन्धान गर्नेछन्,’ विश्वविद्यालय भनेको छ, ‘ओलम्पिक स्वर्ण पदक विजेताहरूलाई सान्दर्भिक पाठ्यक्रममा भर्ना गरी क्याम्पसमा जीवनमा अझ राम्रोसँग अनुकूल गर्न विश्वविद्यालयले मद्दत गर्नेछ।’
वाङ दिदीबहिनी उत्कृष्ट एथ्लेटिक्स भएकोमा छात्रवृत्ति प्रदान गरिएको समेत विश्वविद्यालयले बताएको छ।
जोडीको प्रशंसा गर्दै विश्वविद्यालयका अध्यक्ष जोन लीले भने, ‘उनीहरूको मेहनती भावनाले सहपाठी विद्यार्थी र अन्य युवालाई लक्ष्य पछ्याउन प्रेरित गर्नेछ।’
जुम्ल्याहा दिदीबहिनीले शनिबार आफ्नो देशका लागि पौडीमा पहिलो स्वर्ण पदक जितेका छन्।
कुल ५६६.४७८३ अंक प्राप्त गरेका उनीहरूले ग्रेट ब्रिटेन र नेदरल्यान्ड्सलाई पछाडि पार्दै उपाधि चुमेका हुन्। (एससीएमपी)
Shares
प्रतिक्रिया