कपाल झर्ने समस्यालाई धेरैजसो व्यक्तिले गम्भीर रूपमा लिँदैनन्। हालै गरिएको एक अध्ययनअनुसार तपाईं जति धेरै समयसम्म काम गर्नुहुन्छ, यसको असर तपाईंको कपालमा पर्छ।
एनल्स अफअक्युपेसनल एन्ड इन्भारामेन्ट मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार सातामा ५२ घण्टाभन्दा बढी काम गर्ने २० देखि ३० वर्षसम्म उमेरका पुरुषमा यो समस्या बढी हुने गरेको छ। यो जानकारी आजको कान्तिपुरले छापेको छ।
यदि तपाईं सातमा ५ दिनका दरले दैनिक १० घण्टाभन्दा बढी काम गर्नुहुन्छ भने तपाईंको कपला अन्यको तुलनामा बढी झर्छ। नेसनल हेल्थ सर्भेअनुसार हरेक व्यक्तिको दैनिक औसत ५० देखि १०० कपाल झर्ने गरेको छ।
3
Shares
प्रतिक्रिया