ad ad

छापा खबर


वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

फाइल तस्बिर


नेपालखबर
बैशाख २१, २०७९ बुधबार ८:९, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन्।

एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा उनले नेकपालाई विभाजनबाट जोगाउन प्रयास गरेका थिए । तर, एमालेका पूर्व उपाध्यक्षसमेत रहेका गौतम पछिल्लो समय एमालेसमेत परित्याग गरेका थिए।

एमाले विभाजन भएर माधवकुमार नेपाल, झलनाथ खनालले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, गौतम एमाले र एकीकृत समाजवादी दुवै दलमा सहभागी नभई राष्ट्रिय एकता अभियान सञ्चालन गरेका थिए।

राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतमको अभियानमा जोडिएका नेताहरू कोही एमाले र कोही एकीकृत समाजवादीमा लागेका थिए । गौतमकी श्रीमती तुलसा थापा सघीय सांसदसमेत हुन् । उनी एमालेमै रहेकी छन्।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा गौतमले एकीकृत समाजवादीको चुनाव चिह्न कलमलाई मतदान गर्न भन्दै गीत लेखेर आफूलाई एकीकृत समाजवादीको पक्षमा उभ्याएका खबर आजको राजधानी दैनिकले छापेको छ।

‘जनता जगाउने, कलममा छाप लगाउने’ बोलको गौतमको शब्द रहेको गीत मंगलबार सार्वजनिक भएको छ । कृष्ण केसीको स्वर र संगीत रहेको गीतमा जुना श्रीष मगरले गायनमा साथ दिएकी छन् । गीतको भिडियोको कभरमै गौतमको तस्बिर राखिएको छ भने भिडियोमा पनि गौतमलाई देखाइएको छ।

गौतमले लेखेको सो गीत सामाजिक सञ्जालमा सेयर गर्दै समाजवादीका अध्यक्ष नेपालले ‘कमरेड वामदेव गौतमले रचना गर्नुभएको ‘कलममा भोट हाल्न’ अपिल गरिएको गीत भनेर लेखेका छन् । समाजवादीका नेताहरूले सो गीत सेयर गर्दै खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .