ad ad

छापा खबर


सखरखण्डमा पनि भारतकै भर

 सखरखण्डमा पनि भारतकै भर

नेपालखबर
माघ १, २०७६ बुधबार ३:१४,

मकर संक्रान्तिमा विशेषगरी तरुल, सखरखण्ड, तिलको लड्डु खाने प्रचलन छ ।

तर नेपालमा उत्पादन हुने तरुल र सखरखण्डले यहाँको माग धान्दैन, भारतबाट पनि ल्याउनुपर्छ ।

मकर संक्रान्तिकै लागि पुसमा मात्र १ हजार २ सय ९५ टन तरुल ल्याइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । जसमध्ये भारतबाट ४२ टन आएको खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरी, नुमा थाम्सुहाङले लेखेका छन्।

सखरखण्ड २४२ टन भित्रिएको छ । यी वस्तु एक साताको अवधिमा भित्रिएको समितिले जानकारी दिएको छ ।

‘मकर संक्रान्तिमा तरुल नै धेरै बिक्री हुन्छ । यसमा हामी आत्मनिर्भर उन्मुख छौं,’ समितिका उपसचिव विनय श्रेष्ठले भने, ‘सखरखण्ड भने धेरैजसो भारतबाटै आयात हुन्छ ।’

तरुल मकर संक्रान्तिलाई लक्ष्य गरी ल्याइन्छ । सखरखण्ड भने त्यसपछि पनि बिक्री हुने उनले बताए । गत वर्ष पुसमा ९८२ टन तरुल भित्रिएको समितिले जानकारी दिएको छ । त्यसमा भारतबाट मात्रै ७१ टन आयात भएको थियो । सखरखण्ड १६३ टन आयात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .