घरायसी सामग्री बनाउन प्रयोग हुने बाँसबाट साइकल बनाइएको छ।
हाब्रे नाम दिइएको साइकल विद्युत्बाट चल्ने गरी बनाइएको खबर आजको कान्तिपुर दैनिकमा सीमा तामाङले लेखेकी छन्।
साइकलमा टायर, बस्ने सिटका फलाम र स्टिल प्रयोग गरिएको बाहेक अरु सबै बाँसकै छन्।
एकचोटीमा ३० देखि ४० किलोमिटरसम्म गुड्ने साइकलमा २५० वाटको मोटर जडान गरिएको मेकानिकल इन्जिनियर अभिषेक कार्कीले बताए।
अमेरिकी संस्था फलब्राइटसँगको सहकार्यमा काठमाडौँ विश्वविद्यालयका विद्यार्थी र आबारी संस्थाले तीन महिनामा विद्युतीय साइकल तयार पारेका हुन्।
प्रतिक्रिया