ad ad

छापा खबर


विकसित देश भन्दा उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत कोरोना संक्रमित निको भए

विकसित देश भन्दा उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत कोरोना संक्रमित निको भए

नेपालखबर
साउन २५, २०७७ आइतबार ३:२९,

राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल अगाडि छ।

शनिबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितमध्ये ६४.२२ प्रतिशत निको भएका छन्। सार्क मुलुकमा निको भएकाको प्रतिशत ६९.८ छ। ठूला देश भारतमा ६८.४३ र अमेरिकामा ५१.३ प्रतिशतले कोरोना जितेका छन्।

जब कि नेपालमा ७२.२ प्रतिशत निको भएर घर फर्किइसकेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझसम्म देशभर संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ। तीमध्ये ६ हजार २ सय ६ जना उपचारका क्रममा छन्। १६ हजार ३ सय १३ जनाले स्वास्थ्यलाभ गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .