ad ad

छापा खबर


ह्वात्तै बढाइयो दाल र तेलको मूल्य, व्यापार संघकै अध्यक्ष भन्छन् : म आफैं अचम्मित छु

ह्वात्तै बढाइयो दाल र तेलको मूल्य, व्यापार संघकै अध्यक्ष भन्छन् : म आफैं अचम्मित छु

नेपालखबर
असोज २६, २०७७ सोमबार १:५५,

कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दसैंको मुखमा महँगीको मारमा परेका छन्। दैनिक उपभोग्य वस्तु दाल र तेललगायत खाद्य पदार्थकाे मूल्य बढेपछि उपभोक्ता मारमा परेका हुन्।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपियाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपियाँ र तेल प्रतिलिटरमै १५ रुपियाँभन्दा धेरैले महँगिएको छ। सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले थोक बजारमा बिनाकारण तेल र दहलनका भाउ बढेको र यस विषयमा आफूसमेत अचम्ममा परेको बताए।

उनले भने, “अहिले मूल्य बढनुपर्ने कारण नै छैन। बजारमा कुनै समस्या नै छैन। पर्याप्त सामान आपूर्ति भइरहेको छ तर पनि थोकबाटै भाउ बढाइएको छ। यसको कारण बजार अनुगमन गर्ने सरकारी निकायले खोज्नुपर्‍याे।”

दसैं लागे पनि व्यापार नभएको र थोक बिक्रेताले पनि बिनाकारण मूल्य बढाएकाले आफूहरू दोहोरो मारमा परेको गुनासो गरे।  उनका अनुसार सामान खरिद गर्दा थोक व्यापारीबाट बढेको बिलबिजक पाइएको छैन तर भाउ भने बढेको छ। उपभोक्तालाई जवाफ दिनुपर्नेमा खुद्रा व्यापारी नै पर्छन्।

अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए।

नेपाल थोक व्यापार सङ्घले भने उद्योगमै सामान बढेकाले आफूहरूले पनि बढाउनुपरेको बताउँदै आएको छ। नेपाल तेल, दाल, चामल सङ्घले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

सो सङ्घले नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा देखिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .