ad ad

फोटोफिचर


टुँडिखेल घेराउमा पूर्वप्रधानमन्त्री भट्टराईदेखि माथेमासम्म (फोटोफिचर)


स्नेहा केसी
कात्तिक २३, २०७६ शनिबार ६:२३,

अकुपाई टुँडिखेल अभियान अन्तर्गत शनिबार बिहान मानव साङ्लोले खुल्लामञ्च र रत्नपार्क क्षेत्र घेराउ गरिएको छ।

टुडिखेलमाथि निरन्तर रुपमा भइरहेको अतिक्रमण रोक्नका लागि सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागि मानव साङ्लो बनाएर प्रदर्शन गरिएको हो।

कार्यक्रममा सहभागीले ‘टुँडिखेल अब लिनेछ जनताले फिर्ता’ ‘पुर्खाको नासो जनताको हक’, ‘खुल्ला ठाउँलाई खुल्लै राखौं’, लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए। एकअर्काको हात समातेर घेर्न पुग्ने मानिसहरु नभएपछि हरियो रंगको रिबन टाँगेर मानिसहरुले त्यही रिबन समातेका थिए ।

घेराउ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु हिसिला यमी, भीमसेनदान प्रधान, गगन थापा, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की, प्रदेश सांसदहरु, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ, प्राध्यापक केदारभक्त माथेमा लगायत सहभागी थिए। जनस्तरबाट आयोजित कार्यक्रममा पत्रकार र सर्वसाधारणको पनि उल्लेख्य सहभागिता थियो।

आयोजकको उद्देश्य टुँडिखेल घेराउ गर्ने भए पनि मानिहरुको उपस्थिति कम भएपछि खुल्लामञ्च र रत्नपार्क क्षेत्र मात्रै घेराउ गरिएको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .