उपत्यकाका धेरै स्थानका खेतमा असार १५ गते बुधबार धान रोप्न ठूला नेतादेखि अरु बेला हिलो टेक्न पनि डराउने जमात देखिन्थे।
ललितपुरको बुङमती, खुमलटार र सिरुटारसहितका स्थानमा शीर्ष नेतादेखि दलका भ्रातृ संगठनले पनि धान रोपाइँ कार्यक्रम आयोजना गरे।
तर ललितपुरको छम्पीमा भने किसानहरू आफ्नै लयमा देखिन्थे। न त त्यहाँ धान रोप्ने एक दिने पाहुना थिए न त नाचगान र हिलो छ्यापाछ्याप!
छम्पीका किसानलाई पनि रोपाइँको चटारो छ। कोही बिउ उखेल्दैछन्, कोही बाउसे गर्दैछन् त कोही छुपछुप धानका गाभा रोप्दैछन्।
39
Shares
प्रतिक्रिया