काठमाडौं महानगरपालिकाले सहरभित्र बनेका अनधिकृत संरचना हटाउन डोजर चलायो। महानगर प्रमुख बालेन्द्र शाह आफैँ डोजर लिएर विभिन्न स्थानमा पुगे।
भवनको नक्साविपरित बनाइएका संरचना, पार्किङस्थल मिचेर बनेका ब्यापारिक स्थल तथा सार्वजनिक स्थानमा बनेका व्यक्तिगत संरचनामा डोजर चले।
त्यसको साथै फुटपाथमा राखिएका पसल र अतिक्रमण महानगरले हटायो।
महानगरले डोजर चलाउन थालेपछि सहरभित्रका अवैध संरचना व्यापारी आफैँले खाली गर्न थाले। कतिपय स्थानमा बल प्रयोग नगरेरै सहरी सौन्दर्यता फर्कियो।
काठमाडौं सहरको व्यस्त स्थान मध्येको क्षेत्र हो, असन-जनबहाल-इन्द्रचोक।
यो क्षेत्रमा पहिल्यै मानिसहरुको भिडभाड र ठेलमठेल हुने गर्दछ। साँघुरा गल्लीभित्र पैदलयात्रीलाई हिँड्नै नमिल्ने गरी बनाइएका संरचना महानगरले हटाउन थालेकाे छ।
महानगरले अवैध संरचना हटाउन सुरु गरेपछि कतिपय व्यापारीले आफैँ पनि संरचना खाली गर्न थालेका छन्।
तस्बिरहरू
Shares
प्रतिक्रिया