१३ औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना गर्नका लागि तिब्र रुपमा बनाईएको दशरथ रगंशालाको भीआईपीतर्फको प्यारापिटमा शुक्रबार पानी परेपछि यस्तो देखियो।
छाना छाउन मात्र राष्ट्रिय खेलकुद परिषद् राखेपले ४ करोड ५५ लाख रुपैयाँ खर्च गरेको थियो।
मंसिर १५ गतेदेखि सुरु भएको साग सकिएको चार दिन मात्रै बितेको छ। तर, सागका लागि साढे चार करोड बढी खर्चेर बनाइएको रंगाशालाको छानाबाट शुक्रबार परेको सामान्य वर्षाको पानी चुहिएको छ।
प्रतिक्रिया