ad ad

फोटोफिचर


शताब्दी पुरुष जोशीलाई राजकीय सम्मान (फाेटाेफिचर)


विशाल कार्की
असोज ३०, २०७९ आइतबार १५:३०, काठमाडौँ

शताब्दी पुरुष स्व‍. सत्यमोहन जोशीलाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ गरिएको छ। 

आइतबार ललितपुर महानगरको प्रांगणमा उनको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरुले फूलमाला अर्पण गरेर सम्मान प्रकट गरे। 

अन्तिम श्रद्धाञ्जली दिन सर्वसाधारणको समेत ठूलो उपस्थिती रहेको थियो।

आइतवार बिहान ७ बजेर ९ मिनेटमा निधन भएपछि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पहिला किस्ट अस्पतालमा राखिएको थियो।

अस्पताल परिसरमा उनको पार्थिव शरीरलाई १०ः४५ देखि ११ः३० बजेसम्म अन्तिम श्रद्धाञ्जली दिएपछि ललितपुर महानगर ल्याइएको हो। 

अपरान्ह ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर पुनः किस्ट अस्पतालमा लगिनेछ।

मृत्युपर्यन्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई आफ्नो शरीर अध्ययनका लागि हस्तान्तरण गर्ने जोशीको प्रणअनुसार किस्ट मेडिकल कलेजलाई पार्थिव शरीर हस्तान्तरण गरिनेछ।

जोशीको पार्थिव शरीर अध्ययनका लागि राखिने। उनको उपचारको क्रममा ललितपुरस्थित किस्ट अस्पतालमा १०३ वर्षको उमेरमा निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .