ad ad

फोटोफिचर


काठमाडौंको भृकुटीमण्डपमा नेपथ्यको कन्सर्ट (फोटोफिचर)


विशाल कार्की
पुस १६, २०७९ शनिबार २०:२४, काठमाडौँ

देशको सातवटै प्रदेशमा भव्य प्रस्तुति सकिएसँगै नेपथ्यको टोलीले शनिबार राजधानीमा कन्सर्ट आयोजना गरेको छ। भृकुटीमण्डपमा शनिबार साँझ आयोजित कन्सर्टमा उपत्यकाका दर्शसँगै भव्य कन्सर्ट आयोजना गरिएको हो। 

नौ स्थानमा सांगितिक देशदौडाहा सकिएपछि दशौं प्रस्तुतीका रुपमा आज कन्सर्ट आयोजना गरिएको हो। 

नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो । 

नयाँ अभियान ‘मानवताको लागि संगीत’ अन्तर्गत देशभर कन्सर्ट आयोजना गरिएको हो।

नेपथ्यले भोकमुक्त अभियानअन्तर्गत एकपटक र असहायका निम्ति उनीहरुको आश्रय थलो एवं पुनस्र्थापना केन्द्रहरुमै गएर छ पटक कन्सर्ट गरेको थियो। अघिल्लोपटक राजधानीमा नेपथ्यले भूकम्पमा भत्किएको दोलखाको एउटा सरकारी भवन निर्माणार्थ आफूलाई तीन वर्षअघि भृकुटीमण्डपमै उभ्याएको थियो ।

मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गरेको हो। बिराटनगरबाट सुरुभएको यो यात्रा एक महिना लामो रहेको नेपथ्य टिमले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .