ad ad

फोटोफिचर


भोट क्रस रोक्न सांसदहरुलाई आठ दलको प्रशिक्षण (तस्बिरहरु)


सरोज बैजु
फागुन १८, २०७९ बिहिबार १४:४५, काठमाडौँ

नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई बिहीबार राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिएको छ। 

दिउँसो १ बजेदेखि तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण भइरहेको छ। 

अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्दैछन्।

आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आह्वान गरिँदैछ।

ती आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्। उनले अभिमुखीकरणस्थलमै पत्र नै दिएर भोट पनि मागिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .