ad ad

फोटोफिचर


होलीको दिन ठाउँ ठाउँमा ट्राफिक चेकिङ (तस्बिरहरू)


सरोज बैजु
फागुन २२, २०७९ सोमबार १२:२५, काठमाडौँ

होली पर्वको दिन सोमबार काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ। 

उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ पिएर ट्राफिक नियम उल्लङ्घन गर्ने भएपछि ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो। 

काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक प्वाइन्ट’ राखिएको प्रहरीले जनाएको छ। यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेका छन्। 

होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले बताए।

उनले इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्ने, लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लङ्घन गरी लापर्बाहीका साथ सवारी हाँक्नेलाई कारबाही गरिने बताए।

होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन उपत्यका ट्राफिक प्रहरीले थप सक्रियता जनाएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ थियो।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .