गत वर्षको तुलनामा यो वर्षको होली कम उल्लासमय देखिएको छ।
रंगहरुको पर्व फागु पनि भनिने यो पर्व सोमबार काठमाडौं उपत्यका र पहाडी जिल्लामा मनाइएको हो।
काठमाडौं उपत्यकाका केही स्थानमा सामूहिक रुपमा होली मनाइएको छ। खासगरी काठमाडौंको वसन्तपुरमा होलीको उल्लास देखिएको हो।
वसन्तपुरमा होली मनाउन सयौँ मानिसहरु जम्मा भएका थिए। त्यसक्रममा उनीहरुले एकापसमा रंग दलेर होली मनाए।
वसन्तपुरको पटांगिनी पूरै भरिने गरी होली मनाउनेहरु जम्मा भएका थिए। उनीहरुले नाचगानसहित खुसी साटासाट गरेर होली मनाएका हुन्।
105
Shares
प्रतिक्रिया