ad ad

फोटोफिचर


राष्ट्रपति बनेपछि रामचन्द्र पौडेलका सात तस्बिर


सरोज बैजु
फागुन २५, २०७९ बिहिबार १७:२५, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।

बिहीबार संघीय संसद परिसरमा भएको मतदानका क्रममा उनले ३३ हजार ८०२ मतभारसहित राष्ट्रपति पद पक्का गरे।

पौडेलले एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गरेका छन्।

प्रधानमन्त्रीका लागि १७ पटकसम्म हारेको किस्सा चलिरहँदा पौडेल राष्ट्रपति पदमा पहिलो प्रयासमै निर्वाचित भए।

मंसिर ४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित उनी राष्ट्रपति बनेसँगै राजनीतिक उचाइ लिएका छन्।

पटक पटक प्रधानमन्त्री बन्ने योजना पूरा गर्न नसकेका उनी बिहीबारदेखि देशको सर्वोच्च पदमा पुगेका हुन्। 

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनलाई संसद भवन परिसरमा बधाई दिनेको भीड लागेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .