यूएईविरुद्ध जित्नै पर्ने खेलमा नेपालले बलिङ गरिरहँदा त्रिवि क्रिकेट मैदान पूरै भरिएको छ।
टिकट काटेका दर्शकले खेल सुरु हुनुअघि नै घाँसे प्यारापिट भरिएको थियो।
दर्शक भरिएपछि ढिलोगरी पुगेका बाहिरै बसेका छन्। कतिपय रुखमा चढेर हेरिरहेका छन्।
केही दर्शहरु मैदान घेरेर लगाइएको काँडेतारको बारसमेत नाघेरसमेत छिरेका छन्।
नेपाली झन्डासहित पुगेका दर्शकहरुले खेलाडीहरुको उत्साह बढाइरहेका छन्।
तर पहिले ब्याटिङ गरेको यूएईले राम्रो ब्याटिङ गरेर स्कोर २०० माथि पुर्याइसकेको छ।
चैत २, २०७९, बिहीबार
प्रतिक्रिया