एनएससी काभा महिला भलिबल च्याम्पियनसिप सोमबार (८ जेठ) बाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कपको उद्घाटन गरेका हुन्।
आजै भएको पहिलो खेलमा घरेलु टोली नेपालले विजय सुरुवात गरेको छ।
नेपालले कीर्गिस्तानलाई सोझो सेटमा पाखा लगाएको हो।
एकपक्षीय खेलमा नेपालले पाहुना टोलीमाथि २५–११, २५–१९ र २५–११ को सहज जित निकालेको हो।
कीर्गिस्तानविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबकी संगम महतो र न्यु डायमण्ड स्पोर्टस् क्लबकी रिमा कुँवरले डेब्यु गरे।
समुह ए मा रहेको नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ।
तस्बिरहरूः
जेठ ८, २०८०, साेमबार
प्रतिक्रिया