ad ad

फोटोफिचर


पहिलो प्रयासमै च्याम्पियन चर्च ब्वाइज (तस्बिरहरु)


सरोज नेपाल
जेठ २३, २०८० मंगलबार १९:१६, काठमाडौँ

नवप्रवेशी चर्च ब्वाइज पहिलो सिजनमै ए डिभिजन लिग च्याम्पियन भएको छ।

सी डिभिजन र बी डिभिजन लिगसमेत जितेको चर्च ब्वाइजले पहिलो सिजनमै लिग उपाधि पक्का गरेको हो।

नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लबले एक खेलअगावै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ। 

मंगलबार भएको २५ औँ राउन्डको खेलमा थ्रीस्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज सहभागिताको पहिलो सिजनमै लिग च्याम्पियन बन्न सफल भएको हो।

दशरथ रंगशालामा भएको खेलमा अंक बाँडेसँगै चर्च ब्वाइजका खेलाडी र पदाधिकारीहरुले खुसी साटेका थिए। 

यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो। 

घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो। 

चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .