फोटोफिचर


एसियन गेम्सको अभ्यासमा जुटे नेपाली क्रिकेटर (तस्बिरहरू)


सरोज नेपाल
असोज २, २०८०, मंगलबार , काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोली चीनको हाङझाउमा हुने एसियन गेम्सको अभ्यासमा जुटेका छन्। १९ औं संस्करणको एसियन गेम्सका लागि नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी हुँदैछन्। 

जसमध्ये क्रिकेट टोलीको घोषणा भइसकेको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा एसियन गेम्स खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको हो। 

टोली घोषणा भएसँगै खेलाडीहरू अहिले धमाधम अभ्यास गरिरहेका छन्। यी खेलाडीले एसियन गेम्सका लागि भारतमा प्रशिक्षण समेत गरेका थिए। 

नेपालले असोज १० गते मंगोलिया र १४ गते मालदिभ्ससँग खेल्नेछ। समूह चरण पार गरे नेपालले टेष्ट टोलीसँग स्पर्धा गर्ने मौका पाउनेछ। 

एसिएन गेम्समा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चीन पुग्नेछन्। गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एसियन गेम्समा सहभागी हुने खेलाडीहरूलाई बिदाइ गर्दै सो कुराको जानकारी प्रधानमन्त्री प्रचण्डले गराएका थिए।

तस्बिरहरू:

असोज २, २०८०, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .