यही साउन १६ गते परेको भारी वर्षापछि उपत्यकाका खोला, नदी उर्लिए। बागमतीलगायतका खोलाले तह पार गर्दै नदी किनारका बस्तीसमेत डुबाए।
बाढीसँगै आएको फोहरले यतिबेला काठमाडौंका नदीकिनार कुरुप बनेका छन्।
बाढीले बगाएर ल्याएको फोहर नदीकिनारका रेलिङ तथा बारहरूमा अड्किँदा नदी किनार दूषित र कुरूप बनेका हुन्।
खोलामा पानीको सतह घटेसँगै किनाराका दायाँ–बायाँ प्लास्टिक, लुगासहित अन्य प्रकारका फोहोरहरू देखिएका छन्।
त्यस्तै, करिडोर क्षेत्रका सडकमा ठाउँ ठाउँमा हिलो–बालुवा थुप्रेको छ, भने करिडोर ठाउँ ठाउँमा भत्केको छ।
नदी किनारका सडकमा थुप्रिएको धुलो गाडीको टायरले बोकेर गुड्दा राजधानीका सफा सडकमा समेत अत्यधिक धुलो उडिरहेको देखिन्छ।
यसले गर्दा सवारी साधन गुडाउन असहज हुनुका साथै पैदल यात्रुले समेत सास्ती ब्यहोर्नुपरेको छ।
Shares
प्रतिक्रिया