ad ad

फोटोफिचर


ह्वात्तै बढ्यो बागमतीको जल सतह, थापाथलीबाट यस्तो देखियो (तस्बिर)


सरोज बैजु
साउन २२, २०८१ मंगलबार १३:३६, काठमाडौँ

सोमबार रातिदेखि परेको वर्षाका कारण काठमाडौँका नदीमा जल सतह ह्वात्तै बढेको छ। नदीहरूमा जल सतह माथि पुगेको र कतिपयमा त खतरानजिक पुगेकोले मंगलबार अपरान्ह ४ बजेसम्म तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वामानुमान महाशाखाले सचेत नै गराएको छ।

विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायतका खोलामा जल सतह निकै माथि पुगेको महाशाखाले जनाएको छ।

बागमती नदीमा पनि जलसतह निकै माथि पुगेको छ। काठमाडौँको थापाथली चोकबाट देखिएको दृश्यमा पानीले थापाथली र कुपन्डोल जोड्ने पुलको लमाथिल्लो सतह नै छुन खोजेको देखिन्छ।

लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भएपछि सर्वसाधरण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। 

विशेषगरी काठमाडौँको कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँ बानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।
 

वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको थियो। कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका थिए।

लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

केही तस्बिरमा थापाथलीबाट देखिएको बागमतीको बाढी:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .