बीपी राजमार्ग राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीको राजमार्ग हो।
महोत्तरीको बर्दिबासबाट काभ्रेको धुलिखेलसम्म यो सडकको दूरी एक सय ६० किलोमिटर लामो छ।
यो सडकखण्डको ६५ किलोमिटर सुनकोसी किनारबाट निर्माण भएको छ।
सिन्धुली सदरमुकामनजिकै पर्ने चियाबारीबाट खुर्कोटसम्म झण्डै ३५ किमि सडक नागबेली छ। जहाँ ऐतिहासिक सिन्धुलीगढी क्षेत्र पनि पर्छ।
याे राजमार्गबाट देखिने पहाडका गाउँबस्ती, धानखेत, सुनकाेसी र तामाकाेसीकाे संगम स्थल, त्यहाँ उर्लिएकाे भेलले यात्रुकाे ध्यान तान्छ।
भिमान, सिन्धुली सदरमुकाम, सिन्धुलीगढी, खुर्कोट, मुलकोट, नेपालथोक, भकुन्डेबेँसी यो सडकखण्डमा पर्ने मुख्य बजारहरु हुन्।
जापान सरकारको सहयोगमा निर्मित यो राजमार्ग हुँदै यात्रा गर्दा महोत्तरी, धनुषा, सिन्धुली, रामेछाप र काभ्रे जिल्लाका सुन्दर प्राकृतिक दृश्य देख्न सकिन्छ।
हेर्नुहोस् सिन्धुली सदरमुकामदेखि मुल्कोटसम्मका दृश्य
Shares
प्रतिक्रिया