ad ad

फोटोफिचर


जलमग्न बने बागमती किनारका सुकुम्बासी बस्ती (तस्बिरहरू)


सरोज बैजु
असोज ११, २०८१ शुक्रबार १८:२, काठमाडौँ

बागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ। शुक्रबार दिनभर परेको अविरल वर्षाले बढेको नदीको जलसतह बस्तीमा पसेको हो। 

बागमती नदी किनारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती पानी पसेपछि जलमग्न भएको छ। 

देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ।

जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .