फोटोफिचर


तिहारमा धपक्क काठमाडौँ, हेरौँ ड्रोन तस्बिरहरू


विशाल कार्की
कात्तिक ३, २०८२ सोमबार २०:८, काठमाडौँ

आज तिहारको लक्ष्मीपूजा। के गाउँ, के सहर अधिकांश घरहरू झिलिमिली बत्तीबाट सजिएका छन्।

काठमाडौँ उपत्यका झलमल्ल बनेको छ। दीपावलीले राजधानीसहित प्रमुख सहरहरू धपक्क बलेका छन्।

गाउँदेखि सहरसम्म फूल र बत्तीले हरेक घर सजाइएको छ। घर भित्र र बाहिरको वातावरण उल्लासमय बनेको छ।

व्यापारिक क्षेत्रमा तिहारको किनमेलका लागि सर्वसाधरणको घुइँचो लागेको छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारका अवसरमा देशभर तिहारको झिलिमिली छाएको छ।

सयपत्री र मखमली फूल, बत्तीको झिलिमिली तथा सप्तरङ्गी पर्वका रुपमा मानिने तिहारमा नागरिकका घर, निजी तथा सरकारी कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका देखिन्छन्।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको छ। घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरिएका छन्।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाँड यमपञ्चक अर्थात् तिहार मङ्गलबारदेखि सुरु भएको हो। चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad