फोटोफिचर


राम मन्दिर परिसरका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू)


सरोज नेपाल
कात्तिक १४, २०८२ शुक्रबार १२:४७, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको छ। 

त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए। 

महानगरपालिकाले शुक्रबार त्यसलाई हटाएको हो। यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९३०/०३१ सालमा निर्माण गराएको बताइन्छ। 

वि.सं. १९९० सालको भुइँचालोमा क्षति पुगेको मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए। 

मन्दिरमा मुख्य देवता भूदेवी र श्रीदेवीसहित चतुर्भुज नारायण रहेका छन्। यस मन्दिर क्षेत्रमा चार प्रकारका लक्ष्मणसहित सीता र रामका मूर्तिहरू छन् भने शिवलिंग, पादुका, हनुमानको मन्दिर लगायत पनि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad