सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको रेट्रोफिटिङ (पुनर्सवलीकरण) सकिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुरानै भवनमा सर्ने भएको छ।
वि.सं. २०७२ को भूकम्पले क्षति पुर्याएको भवन पुनर्निर्माण कार्य सकिएसँगै प्रधानमन्त्री कार्यालय सिंहदरबार भवनमा सर्न लागेको हो। कार्यालयको उद्घाटन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार तीन वर्षअघि रेट्रोफिटिङ सुरु गरिएको सिंहदरबार भवनकाे निर्माण सम्पन्न हुने चरणमा पुगेको छ। भवनका चार मोहडामध्ये तीनवटा मोहडाको कंक्रिट स्ट्रक्चरसहित रेट्रोफिटिङ पुरा गरी सोमबार उद्घाटन गर्न लागिएकाे उनले बताए।
वि.सं. २०३० मा भएको आगलागीपछि उत्तर, दक्षिण र पूर्वी मोहडा पक्की संरचनामा निर्माण गरिएको थियो।
प्रतिक्रिया