ट्रेलमाण्डुको आयोजनामा मञ्जुश्री ट्रेल रेस २०२२ सुरु भएको छ।
यो रेसमा १६८ जना प्रतिस्पर्धीले भाग लिएका छन्।
रेसमा १९ जना विदेशी नागरिकले पनि भाग लिएका छन् ।
मञ्जुश्री ट्रेल रेसमा नेपालसहित नेदरल्याण्ड, युके, डेनमार्क, क्यानडा, इण्डिया, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी र हङकङका धावक सहभागी भएका छन्।
काठमाडौंको फरेस्ट क्याम्प कालुपाण्डे मार्गबाट १ सय माइलको मञ्जुश्री ट्रेलको रुट सुरु भएको हो ।
त्यहाँबाट धावकहरु रामकोट, इचङगु, सिंगल ट्रि, जमाचो, मुड्कु, गुर्जे हुँदै शिवपुरी नागार्जुन नेशनल पार्क, झुले, नगरकोट, नाला, साँगा, रानीकोट, लाकुरी, चापाखर्क, फुल्चोकी, नल्लु, लिलि, टिकाभैरव, बागमती, फर्पिङ, चम्पादेवी, चन्द्रागिरि, नागढुङ्गा हुँदै पुनः रामकोटमा पुगेर रेस सकिनेछ।
५० माइलमा १८ जना पुरुष र २ जना महिला मध्ये नेपाली १८ जना र विदेशी २ जना छन्।
५४ किलोमिटरमा ४८ जना पुरुष र १९ जना महिला गरी ६७ जना दौडनेछन्। जसमा ५० जना नेपाली र १७ जना विदेशी सहभागी हुने आयोजकले जनाएको छ।
२४ किमि रेसमा २२ जना पुरुष र १० जना महिला गरी ३२ जनाले भाग लिएका छन्। यो स्पर्धामा २५ जना नेपाली र ७ जना विदेशी धावक छन्।
एमटीआर एलिमिनेटरमा १२ जना पुरुष र १ महिला गरि १२ जना नेपाली र १ जना विदेशी धावक छन्।
मञ्जुश्री ट्रेल रेसमा मिडिया पार्टनरको रुपमा नेपालखबर डट कम रहेको रहेको छ।
Shares
प्रतिक्रिया