नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको छ।
नेपाल भ्रमणमा रहेको रसियन टोलीसँग नेपाली टोलीले आइतबार र सोमबार गरी दुई खेल खेलेको हो।
दुवै खेलमा पाहुना टोली विजयी भएको थियो।
नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना भएको हो। सो प्रतियोगिताका लागि १६ सदस्यीय रसियन टोली शुक्रबार नेपाल आएको थियो।
आगामी साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालामा काभा महिला भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ।
नेपालसहित इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने सो खेलको तयारीमा रहेको नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि रसियालाई आमन्त्रण गरेको थियो।
591
Shares
प्रतिक्रिया