ad ad

राजनीति


‘हामीले कसैलाई लखेटेनौँ, प्रचण्डले बरु मलाई साधारण सदस्यबाटै निकाले’

‘हामीले कसैलाई लखेटेनौँ, प्रचण्डले बरु मलाई साधारण सदस्यबाटै निकाले’

नेपालखबर
असार १०, २०७९ शुक्रबार १६:३४, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले आजसम्म कसैलाई पनि नलखेटेको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

ओलीले नेपालको इतिहासमै पहिलो पटक पाँच दलीय गठबन्धनले निर्वाचनमा निर्लज्ज ढंगले धाँधली गरेको बताए। 

'यस्तो निर्वाचन त यसअघि कहिले भएको थिएन। राज्यशक्ति दुरुपयोगको सबै सीमा नाघियो, राज्य संयन्त्रको सक्दो दुरुपयोग गरियो', उनले भने, 'तर पनि हामी केही सिटमा पछि परेका हौँ। समग्रमा पार्टी अगाडि नै छ।'

ओलीले आजसम्म एमालेले कुनै समूहलाई नलखेटेको बताए। 'एमालेले कसैलाई पनि लखेटेको छैन। पुष्पकमल दाहाल प्रचण्डलाई पनि हामीले लखेटेको होइन', उनले भने, 'प्रचण्डले एकता गर्दा पनि इमान्दारीसाथ एकता गर्नु भएन, उहाँले एकतामा पनि इमान देखाउनु भएन', उनले भने, 'बरु पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट समेत निष्काषन गर्नु भयो।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .