नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अरुमाथि भरोसा गर्नुभन्दा पनि आफ्नै खुट्टामा उभिनुपर्ने बताएका छन्।
सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् बैठकलाई सम्बोधनका क्रममा उनले आफ्नो पार्टीले अहिलेदेखि नै निर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका छन्।
नेपालले भने, 'अरु माथि भरोसा गरेर होइन, आफ्नै खुट्टामा उभिनुपर्ने छ। अहिलेदेखि नै तयारी गरेर १६५ निर्वाचन क्षेत्रमा तयारी अघि बढाउनुपर्छ।
उनले समानुपातिकका सीट संख्या बढाउनमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले भने, 'समानुपातिकका मत संख्या बढायौँ भने सीट पनि बढाउन सक्छौँ । २८ प्रतिशत उम्मेदवार बनाउँदा ९ लाख भोट पायौँ । शत प्रतिशत उम्मेदवार बनायौ भने दोब्बर तेब्बर मत पाउने थियौं।'
51
Shares
प्रतिक्रिया