ad ad

राजनीति


जसपा विवाद : निर्णायक वार्ता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव भेट गर्दै

जसपा विवाद : निर्णायक वार्ता गर्न बाबुराम भट्टराई र उपेन्द्र यादव भेट गर्दै

फाइल तस्बिर


नेपालखबर
असार १६, २०७९ बिहिबार ११:१३, काठमाडौँ

फुटको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार भेटवार्ता हुँदै छ। 

उनीहरुबीच आज दिउँसो १ बजे भेट हुने जसपाका एक कार्यकारिणी सदस्यले नेपालखबरलाई बताए। उनका अनुसार यादव र भट्टराईबीच हिजो (बुधबार) पनि भेट भएको थियो। 

सिहंदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा भएको भेटमा पार्टीको विवाद समाधान गर्नेगरी कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भएको थियो। 

पछिल्लो समय भट्टराई र यादव पक्षबीच टकराव बढ्दै गएको छ। 

यही असार १३ गते भएको यादव पक्षको बैठकले भट्टराईसहित ४ जनाभन्दा बढी नेतालाई स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। त्यसपछि बढ्दै गएको जसपा विवाद निर्णायक मोडमा पुगेको ती कार्यकारिणी सदस्यले जानकारी दिए। 

उपेन्द्र यादव पक्षीय बैठकले डा. बाबुराम भट्टराई, कृषिमन्त्री महेन्द्र राय यादव, केन्द्रीय कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठ अर्का एक नेतालाई पार्टीविरुद्ध गतिविधि गरेको भन्दै स्पष्टीकरण माग्ने निर्णय गरेको हो। 

जसपाको कार्यकारिणी समितिमा ३२ सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .