ad ad

राजनीति


प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह : एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसदमा ल्याइदिनुस्

प्रधानमन्त्रीलाई नेम्वाङको आग्रह : एसपीपीबारे अहिलेसम्मका सबै पत्र संसदमा ल्याइदिनुस्

फाइल तस्बिर


नेपालखबर
असार १६, २०७९ बिहिबार १२:५०, काठमाडौँ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एसपीपीबारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 

संसद दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १५ औँ दिनमा सेनाबाट अमेरिकालाई पत्र लेखिएको उनले बताए। तर, उक्त चिठीबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई कुनै जानकारी नभएको उनले बताए।

‘एसपीपीलाई लिएर प्रधानमन्त्री भएको १५ औं दिनमा सेनाबाट एउटा चिठी गएछ। त्यो ठिक हो कि होइन,’ नेम्वाङले भने, ‘त्यो प्रश्न उठ्नेबित्तिकै ओलीले नै केपी ओलीले लेखेको भन्ने भो। अचम्मको कुरा होइन भन्छु म। उहाँले पनि मैले लेख्न लगाएको होइन भन्नुभयो।’

उक्त पत्र यतिकै झुन्डिएर बस्न नहुने नेम्वाङले बताए।

‘हामी जिम्मेवार दल भएको ठाउँमा किन यतिकै झुन्डिएर बसेको छ। त्यतिबेला सेनाले चिठी लेखेको रहेछ। पछि पनि गएको देखिन्छ,’ उनले भने, ‘त्यो सम्पूर्ण चिठी रक्षा मन्त्रालय र सेनासँग छ। त्यो सबै चिठी संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू।’

कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेका पुराना स्वर्गीय नेता मनमोहन अधिकारीले कुनैपनि संसद बैठक नछाड्ने गरेको स्मरण गरे।

‘मनमोहन अधिकारीले कुनै संसद बैठक छाड्नुहुन्न थियो। यो संसद दिवसको अवसरमा कसरी सम्झनुको सार्थकता हुन्छ भन्नेमा सोचौँ,’ नेम्वाङले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .