ad ad

राजनीति


सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न गृहमन्त्रीको आग्रह

सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्न गृहमन्त्रीको आग्रह

नेपालखबर
असार १७, २०७९ शुक्रबार १७:३५, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका हुन्। 

उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने उनले बताए। 

मन्त्री खाँणले ७५३ वटा स्थानीय तहहरु मध्ये ७५२ वटा स्थानीय तहमा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .