नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राज्यले धेरै धन, सम्पती हुने मान्छेहरुको नाम सार्वजनिक गर्नुपर्ने बताए।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले धनी मान्छेहरुको नाम प्रतिष्ठित व्यक्तिको नाममा सूची बनाएर सार्वजनिक गर्नुपर्ने बताए।
उनले भने, ‘राज्यले धनी मान्छेहरुको नाम प्रतिष्ठा र इज्जतको हो भनेर सार्वजनिक गराउनुपर्छ केही सम्पतीलाई। जसको धेरै सम्पती छ, धेरै प्रतिष्ठित मान्छे हो तपाईहरु भनेर सम्पती सार्वजनिक गराउनुपर्यो। धनीको सूची प्रकाशित गरौँ। भत्तासँगै उमेर भएका मान्छेहरुलाई सिपमुलक रोजगारी दिउँ।’
उनले उमेर भएका मान्छेहरुलाई सामाजिक सुरक्षा भत्ता सँगसँगै सिपमुलक तालिम दिएर स्वरोजगार बनाउनुपर्ने पनि बताए।
Shares
प्रतिक्रिया