ad ad

राजनीति


सञ्चारमन्त्री भन्छन् : नेपाल श्रीलंका जस्तो हुँदैन, १० वर्षमा एसियामै बलियो बन्छ

सञ्चारमन्त्री भन्छन् : नेपाल श्रीलंका जस्तो हुँदैन, १० वर्षमा एसियामै बलियो बन्छ

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १२:३४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल आर्थिक संकटमा फसेको दक्षिण एसियाली छिमेकी श्रीलंकाको बाटोमा जान नसक्ने बताएका छन्। 

बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबारदेखि सुरु भएको कांग्रेसको शुमेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'नेपाल श्रीलंकाको बाटोमा गइसक्यो भनेर जनतमाझ अफवाह फैल्याइएको छ', उनले भने, 'यो भ्रमलाई तपाईं पत्रकारहरुले तोड्न सक्नुपर्छ।' 

कार्कीले अबको १० वर्षमा नेपाल एशियाकै बलियो अर्थतन्त्रसहितको देशका रुपमा उभिने पनि तर्क गरेका छन्। 

उनले युनियनको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधनका क्रममा सरकार सधैँ प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताएका छन्। 

कार्कीले पत्रकारिता क्षेत्रको हितका लागि काम गर्न सरकार तयार रहको पनि बताएका छन्। 

महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधनका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता पुगेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .