ad ad

राजनीति


युनियनको महाधिवेशनमा छोटो भाषण गरेर काठमाडौं फर्किए देउवा

पत्रकारहरु जिम्मेवार र उत्तरदायी बन्नुपर्ने तर्क
युनियनको महाधिवेशनमा छोटो भाषण गरेर काठमाडौं फर्किए देउवा

युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै देउवा। तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १३:५, काठमाडौँ

नेपाल प्रेस युनियनको हेटौंडामा सुरु नवौँ महाधिवेशन उद्घाटन समारोहमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो भाषण गरेका छन्। 

हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको महाधिवेशन उद्घाटन समारोहलाई देउवाले जम्मा जम्मी ५ मिनेट मात्रै सम्बोधन गरेका हुन्। 

हेलिकोप्टरबाट अन्य नेताहरुसहित हेटौँडा पुगेका उनले सम्बोधनका क्रममा कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई जिम्मेवार र उत्तरदायी हुन सुझाव दिए।

सम्बोधनका क्रममा देउवाले पत्रकारिता क्षेत्रले देश र जनताका लागि अझै जिम्मेवार हुनुपर्ने धारणा राखे। 

'पत्रकारिता क्षेत्र अझ जिम्मेवार र उत्तरदायी हुन आवश्यक छ', उनले भने, 'प्रेस स्वतन्त्रताको आडमा पत्रकारहरुले आफ्नो जिम्मेवारी र उत्तरदायित्व बिर्सिन मिल्दैन।'

सम्बोधनका क्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले पत्रकार जगतका कारण लोकतन्त्र पनि मजबुत हुने कुरा पनि राखे। 

उनले पत्रकारिता क्षेत्र अहिलेको समयअनुसार परिष्कृत हुँदै जानुपर्ने पनि बताएका छन्। 

‘पत्रकारिता लोकतन्त्रका लागि महत्वपूर्ण हो। अब यो क्षेत्र नयाँ प्रविधिअनुसार चल्न सक्नुपर्छ', उनले भने, 'पत्रकारिता क्षेत्रले जिम्मेवार हुँदै विकसित प्रविधिको सहयोग लिएर आफूलाई परिष्कृत गर्दै लैजानु आवश्यक छ।’

युनियनको महाधिवेशनलाई यसअघि कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसहितले सम्बोधन गरेका थिए। 

अन्तिममा सम्बोधन गरेपछि देउवा तत्कालै हेलिकोप्टरबाट संघीय राजधानी काठमाडौं फर्किएका छन्। 

युनियनको महाधिवेशनका लागि सबै प्रतिनिधि पुग्ने क्रम जारी छ। आवासका लागि हेटौँडा, मकवानपुरगढी, अमलेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको छ।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागी हुँदैछन्। 

महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .