नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको हो।
आजको बैठकमा केन्द्रीय पदाधिकारी चयन र पोलिटब्युरो टुंग्याउने विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए।
साथै आजको बैठकमा अर्थमन्त्रीका विषयमा पनि छलफल हुने जनाइएको छ।
बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दियो।
आजको बैठकमा यस विषयमा पनि छलफल हुने ती नेताले बताए।
शर्माले तत्कालै अर्थ मन्त्रालयमा नफर्कने आफूनिकट नेताहरुसँग बताएका छन्।
जावलाखेलस्थित निजी निवासमा भेट्न आएका नेताहरुसँगको भेटमा शुक्रबार बेलुकी उनले आफू अर्थ मन्त्रालयमा नफर्कने बताएका थिए।
यद्यपि आजको बैठकमा छलफल गरेर बाँकी निर्णयमा पुग्ने उनले नेताहरुलाई बताएका थिए।
Shares
प्रतिक्रिया