प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ३३ वटै विभाग प्रमुख र पदाधिकारीहरुको बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा केन्द्रीय विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक बसेको हो।
रिजालका अनुसार बैठकमा ३३ वटै विभाग सहभागी छन्। यो बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्ययोजना प्रस्तुति भइरहेको रिजालले बताए।
एमालेले सोमबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गर्दैछ। महंगी र भ्रष्टाचारविरुद्ध भनिएको उक्त प्रदर्शन वसन्तपुरबाट सुरु हुने भएको छ।
141
Shares
प्रतिक्रिया