नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जापान जाँदैछन्।
अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार शुक्रबार बेलुकी साढे १० बजे नेपाल वायुसेवा निगमको फ्लाइटबाट जापान जान लागेका हुन्।
प्रचण्ड पाँच दिन लामो भ्रमणका लागि जापान जान लागेका हुन्।
भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्।
उनले साउन २३ गते जन प्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन्। त्यसपछि त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन्।
उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ।
त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन्। त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ।
याे पनि:
Shares
प्रतिक्रिया