नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
यही साउन ३० र ३१ गते ललितपुरमा कार्यक्रम आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनेछन्।
सो अभिमुखीकरण कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षहरुलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
साथै साउन २९ गते विहान १० बजेदेखि पार्टीको केन्द्रीय कार्यालयमा सहभागीहरुको नाम दर्ता गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति मार्फत् जानकारी गराएका छन्।
Shares
प्रतिक्रिया