ad ad

राजनीति


सबै सुदखोरविरुद्ध एकमुस्ट राजनीतिक निर्णय गर्न सरकारलाई बाबुराम भट्टराईको आग्रह

‘सावाँभन्दा बढी ब्याज तिरिसकेका देशभरका गरिबलाई ऋणमुक्त गरोस्’
सबै सुदखोरविरुद्ध एकमुस्ट राजनीतिक निर्णय गर्न सरकारलाई बाबुराम भट्टराईको आग्रह

नेपालखबर
भदौ १५, २०७९ बुधबार ७:५२, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चर्काे ब्याज असुलेर गरिबको उठिवास लगाउने सबै सुदखोरविरुद्ध एकमुस्ट राजनीतिक निर्णय गर्न सरकारलाई आग्रह गरेका छन्। ​

मिटरब्याज तथा ठगीविरुद्ध राजधानी (काठमाडौं) मा किसान–मजदुरले आन्दोलन गरिरहेका छन्। उनीहरूले काठमाडौंमा सडक संघर्ष गरेको एक महिना पुग्ने दिन बिहीबार किसान–मजदुर मार्च गर्दै छन्। 

त्यसमा समर्थन जनाउँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले मिटरब्याजीविरुद्ध एकमुस्ट राजनीतिक निर्णय गरेर सावाँभन्दा बढी ब्याज तिरिसकेका गरिब, किसान, मजदुरलाई ऋणमुक्त गर्न सरकारसँग अनुरोध गरेका हुन्।  

‘सरकारले सबैखाले सुदखोरीविरूद्ध एकमुस्ट राजनीतिक निर्णय गरेर सावाँभन्दा बढी ब्याज तिरिसकेका देशभरका गरिब किसान, मजदुर, साना व्यवसायीहरूलाई पूर्ण रूपले ऋणमुक्त गरोस्’, डा. भट्टराई बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘खुद्रे/पटके निर्णय र तातो न छारोको ‘छानबिन समिति’ बनाएर अल्झाउने, झारा टार्ने काम नगरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .