नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले आफूलाई लगाइएको महाअभियोगबारे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिरक्षामा उत्रिनु सामान्य भएको बताएका छन्।
महाअभियोग सिफारिस समितिमा जबराको बयान चलिरहँदा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
'स्वभाविक हो प्रधानन्यायाधीशको काम कारबाही, उहाँको कार्यशैली, क्षमता र संवैधानिक दायित्व पूरा नगरे वापत २१ बुँदे महाअभियोग दर्ता गराएका थियौँ', उनले भने, 'भदौ १ गतेदेखि छलफल सुरु भएको हो। उहाँसँग तपाईंको धारणा र जवाफ के छ भनेर सोधिएको हो।'
बयानका क्रममा जबराले आफूमाथिको महाअभियोग प्रक्रिया किन ढिलो छलफलमा आयो भनेर समितिलाई सोधेको पनि उनले बताए।
'अहिले उहाँले बाँकी प्रश्नहरुमा आफ्नो तर्फबाट जवाफ दिने क्रममा जारी छ। उहाँले महाअभियोगको औचित्य सकियो तर संसद र संसदीय समितिको गरिमा राख्न मात्रै आएको भन्नु भयो', उनले भने, 'उहाँका कुराले हामीलाई चिसो पस्दैन, उहाँले महाअभियोगको प्रतिरक्षा गर्नु सामान्य हो। उहाँले भनेका सबै कुरालाई हामी सामान्य रुपमा लिन्छौँ।'
उनले जबरामाथि प्रतिप्रश्न पनि गरिएको बताएका छन्। २०७८ असार २८ को परमादेश राजनीतिक बाटोबाट नियुक्त न्यायाधीशका कारण एकमतले जारी गर्न नसकिएको पनि उनले बताए।
'राजनीतिक रुपले नियुक्त न्यायाधीशहरुका कारण मैले एकमतले निर्णय गर्न सकिन', उनले भने, 'संविधानको धारा १३६ सबै निर्णय प्रधानन्यायाधीशले लिनुपर्छ भनेका हौँ। उहाँले एकोहोरो आफ्ना कुरा भनिरहनु भएको छ। उहाँले भनेका सुनिसकेर हाम्रो पक्रिया अघि बढ्छ।'
यी पनि
- बयान दिन सिंहदरबार पुगेका चोलेन्द्र डेढ घण्टादेखि कुरेको कुर्यै
-
प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो
-
चोलेन्द्रले भने : महाअभियोग निष्क्रिय भइसक्यो, अब यसको औचित्य सकियो
Shares
प्रतिक्रिया