नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन्।
प्रजातन्त्रवादी चिकित्सक संघले काठमाडौमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘एकातिर हामी समृद्धिको कुरा गर्छौं अर्कोतिर यी विषयमा न्यून बजेट छुट्टयाउँछौं, अनि कसरी देश उँभो लाग्छ?’ कोइरालाले भने।
शिक्षा र स्वास्थ्य मन्त्रालय कांग्रेसले नलिएर गल्ती गरिरहेको पनि उनले गुनासो गरे।
उनले भने, ‘स्वास्थ्य मन्त्रालय कहिलेकाहीँ लिने गरे पनि शिक्षा मन्त्रालय लामो समय कांग्रेसले लिएको छैन। अब यी दुवै मन्त्रालय छाड्नुहुन्न।’
कोइरालाले चिकित्सक लगायत पेसाकर्मीहरुलाई विशेष व्यवस्था गरेर कांग्रेस पार्टीमा भूमिका दिनुपर्ने बताए।
‘पेसाकर्मीहरु तलैबाट हाम्रा कार्यकर्तासँग प्रतिस्पर्धा गरेर आउन सक्दैनन्। पार्टीमा उहाँहरुको अनुभव र भूमिकाको ठूलो महत्त्व छ,’ उनले भने।
Shares
प्रतिक्रिया