ad ad

राजनीति


महाभियोग सिफारिस समिति बैठक बस्दै, चोलेन्द्रले आज पनि बयान दिने

महाभियोग सिफारिस समिति बैठक बस्दै, चोलेन्द्रले आज पनि बयान दिने

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार ७:१६, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविद्ध छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। 

सिंहदरबारमा गत १५ भदौदेखि समितिले प्रधानन्यायाधीश जबराको बयान लिन थालेको छ। १५ र १६ गते दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका छन्। 

पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। 

सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याएका थिए।

सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको थियो। 

आइतबार ११ बजे थप बयान दिन चोलेन्द्रलाई बोलाइएको छ।

समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै एकसाता लाग्ने अनुमान गरिएको छ।

प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ।

चोलेन्द्रले कानुन पढ्न भनेपछि सांसदहरु ‘फायर’

‘ललिता निवासमा माधव नेपाल र बाबुराम भट्टराई जोगाउन मलाई महाअभियोग लगाइयो’

चोलेन्द्रले चार घण्टामा चारवटा प्रश्नको जवाफ दिए

दिनभर भोकै बयान दिएका चोलेन्द्र सहकर्मी न्यायाधीशलाई मुछेर फर्किए

चोलेन्द्रलाई सोधिने यी हुन् ४३ प्रश्न

प्रधानन्यायाधीश राणामाथिको महाअभियोगबारे सिफारिस समितिले काम थाल्यो

चोलेन्द्रले  भने : महाअभियोग निष्क्रिय भइसक्यो, अब यसको औचित्य सकियो

चोलेन्द्रको गुनासो : परमादेशबाट जसले सरकार बनाए, उनैले महाअभियोग लगाइदिए

चोलेन्द्रको बयान : पत्रकारलाई बैठक कक्षमा राख्ने पक्षमा एमाले, कांग्रेस र माओवादी मानेनन्

चोलेन्द्रको गुनासो : परमादेशबाट जसले सरकार बनाए, उनैले महाअभियोग लगाइदिए

मीन विश्वकर्मा भन्छन् : जबराले प्रतिरक्षा गर्नु सामान्य हो, हामीलाई चिसो पस्दैन

बयानको दोस्रो दिन : सांसदहरुसँग चोलेन्द्रको चर्काचर्की (भिडिओसहित)

चोलेन्द्रको बयान तीन दिन सर्‍यो, ओलीले भने : गठबन्धनले बोल्दा बोल्दै रोक्न सक्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .