फ्रान्सेली सांसदको एक टोली नेपाल भ्रमणमा आएको छ।
फ्रान्सेली सिनेट अन्तर्गत नेपाल—फ्रान्स अन्तरसंसदीय मैत्री समूहका अध्यक्ष डेनियल सालमोनको नेतृत्वमा रहेको टोलीले यहाँ रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ।
दूतावासका अनुशार भदौ २५ गतेसम्म नेपालमा रहँदा फ्रान्सेली टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायण खड्का र ललितपुरका मेयर चिरिबाबु महर्जनसँग भेट्नेछ।
नेपाल-फ्रान्स अन्तरसंसदीय मैत्री समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणामा फ्रान्सेली सांसद टोली नेपाल आएको हो।
एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालसँग टोलीले भिन्दै भेट्ने कार्यक्रम छ।
निजी क्षेत्रका प्रतिनिधी र जलवायु परिवतन मामिलाका जानकारसँग पनि फ्रान्सेली सांसदले अन्तरक्रिया गर्नेछन्।
नेपाल—फ्रान्स सम्बन्ध थप विस्तार गर्ने उद्देश्यले फ्रान्सेली टोली आएको दूतावासले जनाएको छ।
Shares
प्रतिक्रिया