आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
आजको संसद् बैठकका लागि सम्भावित कार्यसूची पनि बनाइएको छ।
सचिव योगीका अनुसार आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसपछि आजै यसका लागि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ भने उक्त विधेयक पारितका लागि पनि आजै प्रस्ताव प्रस्तुत हुनेछ।
231
Shares
प्रतिक्रिया